पेट्रोल र डिजेलको मुल्य बृद्धि

Nagarik Sewa 1537+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । सोमबार नेपाल आयल निगमले सोमबार पेट्रोल र डिजेलको मुल्य बृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा तीन रुपैयाँ मूल्यबृद्धि भएको छ । 

भारतीय आयल कर्पोरेशनबाट खरिद मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ। 

मूल्यवृद्धि भएसँगै आजदेखि काठमाडौंमा पेट्रोलको मूल्य १७१ र डिजेल तथा मट्टितेलको १६० रुपैयाँ कायम भएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार