सरकारी कार्यालयहरु आजदेखि खुल्ला

Nagarik Sewa 1537+ समाचार ( )
२९ अशोज २०८१, मङ्गलबार

काठमाडौं । विजयादशमीका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् ।

सरकारले सरकारी कार्यालयहरुमा असोज २४ गतेदेखि फूलपाती देखि २८ गते द्वादशीसम्म बडादशैं मनाउन सार्वजनिक बिदा दिएका थियो । आजबाट सरकारी कार्यालयका सबै सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन् ।

बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । दशैं सकिन लागेको र सरकारी कार्यालय पनि आजदेखि खुलेकाले गाउँघर गएकाहरु आफ्नो कर्मभूमि फर्किन थालेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार