जनकपुरमा युवाहरुले निकाले धोती, कुर्ता र सारी जुलुस

Nagarik Sewa 1537+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

काठमाडौं । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरुले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् ।

पछिल्लो समय युवाहरुमा मिथिलाको मुख्य पोशाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरुले जनकपुरधाममा धोर्तीकुर्ता तथा सारी जुलुस निकालेका हुन् ।

धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवा/युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन् ।

मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुरले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले आफूहरुले जुलुस निकालेको जुलुसमा सहभागी सुमित जलानले बताउनुभयो । उहाँले यसलाई अभियानकै रुपमा आफूहरुले अगाडी बढाएको बताउनुभयो ।

यता धोर्तीकुर्ता तथा सारी जुलुस अभियानको अगुवाई गरिरहनुभएका मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आइरहेको र यो अभियान यस पटक प्रत्यक छठ घाटमा लैजाने अभियान रहेको बताउनुभयो । उहाँले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल गर्नुभयो ।

युवतीहरुमा सारीप्रति आकर्षण रहेपनि सारी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुसमा सहभागी विनिता महतोले दुःख व्यक्त गर्नुभयो । उहाँले युवतीहरुलाई पुर्खाले जसरी सारी लगाउन आग्रह समेत गर्नुभयो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार