३६ अंकले बढ्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

काठमाडौं । साताको दोस्रो कारोबारका दिन नेप्से परिसूचक ३७.१३ अङ्कले बढेर २६९०.७२ को विन्दुमा अडिएको छ । यस दिन बजारमा १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन आइतबार मात्रै परिसूचक ५६.०९ अङ्कले बढेर २६५३.५८ को विन्दुमा अडिएको थियो । यस दिन १ लाख ५० हजार ४६ हजार ७१० कित्ता शेयरको खरिदबिक्री हुँदा  ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको थियो । 

सोमबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।  आज इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । यसका लगानीकर्ताहरू सर्वाधिक घाटामा रहेका छन् ।  त्यसै गरी उपसमूहतर्फ दुई समूहबाहेक ११ वटै समूह घटेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार