बाढी, पहिरो र डुबानबाट उद्धारका लागि २० हजार सुरक्षाकर्मी परिचालन

Nagarik Sewa 1537+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

काठमाडौं । अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद्, जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएका छन्।

विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपदमा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालन भएको गृहमन्त्रालयले जनाएको छ। 

पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट १० हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट १० हजार ५४० जना प्रहरी परिचालन भएका छन्। काठमाडौँ उपत्यकामा मात्रै नेपाल प्रहरीको ४ हजार ७ सय ६० र सशस्त्र प्रहरी बलबाट ३ हजार ५ सय गरी ८ हजार २ सय २० सुरक्षाकर्मी उद्दारमा खटिएका छन्।

त्यसैगरी नेपाली सेनाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ४ जनाको हेलिकप्टरबाट उद्दार गरेको छ। सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ भने राष्ट्रिय अनुसन्धान विभाग सूचना संकलनमा सक्रिय छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार