दिगो विकासको लक्ष्यमा ४१.४ प्रतिशत उपलब्धि हासिलः अर्थमन्त्री पुन

Nagarik Sewa 1537+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्मको दिगो विकासको लक्ष्यको ४१.४ प्रतिशत उपलब्धि हासिल भएको बताउनुभयो । आज प्रतिनिधिसभामा चालू वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै दिगो विकास लक्ष्यको ४१ प्रतिशत लक्ष्य हासिल भएको बताउनुधएको हो।

उहाँले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै विकासमा सरकारले यसलाई हात पारेको उपलब्धि बताउनुभयो। यस्तै उहाँले मानव विकास सूचांक, प्रतिव्यक्ति आय, महिलाको स्थिति, खानेपानी र सिँचाइको स्थिति लगायतबारे समेत जानकारी दिनुभयो । यस्तै ऊर्जा क्षेत्रमा नेपालले शत प्रतिशत जनतामा विद्युत्को पहुँच पुर्‍याउने लक्ष्य रहेको समेत उहाँको भनाई छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार