काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सिताराम येचुरीको निधनमा शोक प्रकट गर्न पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भारत प्रस्थान गरेका छन् ।
दिनभरि पार्टीको कार्यक्रममा उदयपुर पुगेका नेपाल सिधैँ एयरपोर्टबाट दिल्ली लागेका हुन् । ७२ बर्षमा पनि माधव नेपालको २२ बर्षे उमेरको जस्तो सक्रियता देखेर कतिपय नेता कार्यकर्ता समेत चकित परेका छन् । उनीसँग पार्टीका नेताहरु प्रमेश हमाल र प्रमेश पोखरेल पनि रहेको सचिवालयले जनाएको छ ।
येचुरीका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनी भाकपा मार्क्सवादीमा सन् २०१५ मा महासचिव चुनिएका थिए ।
येचुरीले सो पार्टीमा ३ पटक महासचिवको जिम्मेवारी सम्हालेका थिए । यचुरीले नेपालको शान्ति प्रकृयाको क्रममा नेपाली दलहरूसँगको भारतीय संस्थापनको समन्वय गर्न पनि भूमिका खेलेका थिए ।उनी नेपाल नजिक रहेका कम्युनिष्ट नेता मानिन्छन् ।