सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि रवि लामिछानेले वर्तमान सरकार र पुराना नेतृत्वबाट परिवर्तन असम्भव रहेको बताउनुभएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा आयोजित जनसभामा बोल्दै उहाँले लामीछानेले केही दल र नेताहरूकै कारण लोकतन्त्र, गणतन्त्र व्यवस्था प्रति जनताको गुनासो बढेको बताउनुभएको हो ।
आफूहरु गणतन्त्रवादी कि राजावादी भन्दै प्रश्न उठाउनेहरु धेरै रहेको भन्दै उहाँले वादीको पछाडि लाग्न जनमत बाँडिने भएकाले आफूहरुको पहिलो लक्ष्य भ्रष्टाचारको सफाइ रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, हामीलाई दुई तिहाइ दिनुस् कस्तो व्यवस्था चाहिन्छरु कस्तो संविधान चाहिन्छ हामी देखाइदिन्छौं। कस्तो नीति चाहिन्छ हामी भन्नसक्छौं। तर, देशलाई द्वन्द्वमा फर्काउँदैनौं । एउटा पनि जनताको हातमा सानो चोट नलागी परिवर्तन ल्याउन सकिन्छ। त्यसैका लागि हामी लागिपरेका हौँ ।
‘अहिले जे भइरहेको छ त्यो जनताको निराशाको अभिव्यक्ति हो,' उहाँले भन्नुभयो, ‘दल र नेता बलियो भइदिएको भए यो अवस्था आउँदैनथ्यो होला ।’
शिशिर खनालबाट कार्यक्रम को औपचारिक उद्घाटन डि पी अर्याल ,कोशी प्रदेश महामन्त्री जिला सम्योजक निशा मेहेता - केन्द्रिय सदस्य कहिले नझुकेको देश आजको अवस्था , धान चामल नियार्त गर्ने देश आशा कहा, ममता शर्मा बारा जिल्ला बाट।
उहाँले अर्थतन्त्र धराशायी हुँदासम्म अर्थमन्त्रीले राम्रो छ भन्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो । यसैविच कार्यक्रममा रास्वपाका सप्तकोशी नगरका सभापति मानप्रसाद लुइटेलले वर्तमा अवस्थामा रास्वपा नै जनताको शशक्त विकल्प भएकाले अन्य दलको भ्रमजालमा नपर्न आग्रह गर्नुभयो ।