काठमाडौँ । ‘व्यावसायिक र सृजनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस धूमधामका साथ मनाइएको छ ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको हो ।
दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई सम्मान गरेका हुन् । २१ औंनिजामती सेवा दिवसको अवसरमा शनिबार सिंहदरबारमा आयोजित समारोहकाबीच ४० कर्मचारी पुरस्कृत भएका हुन्। तीमध्ये १० जनालाई उत्कृष्टनिजामती सेवा पुरस्कार प्रदान गरिएको थियो।