१.८५ अंकको घट्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा झिनो अंक १.८५ अंकको गिरावट आएको छ । आज नेप्से २०१० दशमलव २१ को विन्दुमा पुगेको हो । 

मंगलबार ३१२ कम्पनीका ४६ हजार २ सय ३५ पटकको कारोबारमा ६१ लाख ३१ हजार ६ सय २१ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ५३ अंकले बढेर १३५ दशमलव ९२ को विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार गर्नेमा ट्रेडिङ्स कम्पनीहरू रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार