शेयर बजारमा गिरावट

Nagarik Sewa 1537+ समाचार ( )
७ असार २०८१, बिहीबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो बिहीबारदेखि घट्न सुरु गरेको बजार यो साताका चार वटा कार्यदिनमा बुधबार एक दिन मात्रै सामान्य अंकले बढेको थियो । बिहीबार बिहान बजार खुल्ने वित्तिकै दोहोरो अंकले बढेको नेप्से अन्तिममा १० दशमलव ४४ अंकले घटेको हो ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये फाइनान्स र म्युचुअल फण्ड उपसमूह बाहेक ११ वटा उपसमुह घटेका छन् । आज ३०६ वटा स्टकको ८६ लाख ६३ हजार कित्ता शेयर ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । घटेको बजारमा पनि कालिका लघुवित्तको शेयरमूल्य सर्वाधिक ७ दशमलव ७१ प्रतिशत बढेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य भने सर्वाधिक ९ दशमलव २८ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज माउन्टेन इनर्जीको सर्वाधिक १७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १५ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार