काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिकामा आज बिहान ३ बजे मनहरी गाउँपालिका ६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको छ। गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको र बाघको मृत्युको कारण पत्ता नलागेको मकवानपुरका जिल्ला प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।
नेपाली सेनाका अनुसार बाघ बुढो देखिन्छ र भैंसीले हान्दा मृत्यु भएको जस्तो देखिन्छ तर मृत्युको कारण एकिन भइसकेको छैन । घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ । चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले मृत बाघ लगेर गएको छ ।