लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यः अर्थमन्त्री पुन

Nagarik Sewa 1537+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताउनु भएको छ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री पुनले विदेशी लगानीकर्तालाई स्वागत गर्दै नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउनु भएको हो। 

अर्थमन्त्री पुनले नेपालमा पूर्वाधार लगानी, सूचना प्रविधि र हरित ऊर्जा क्षेत्रमा लगानीको उच्चतम सम्भावना रहेको बताउनुभयो । यसका लागि नेपाल सरकारले एकैसाथ धेरै कानुनी व्यवस्थालाई सुधार गरेको र सरकारको यो कदम लगानीकर्ताको मनोबल सुधार गर्नका लागि पर्याप्त हुने समेत बताउनुभयो । 

यसबाहेक नेपालमा रहेको उल्लेख्य सम्भावनालाई निजी क्षेत्र र सरकार मिलेर सदुपयोग गर्नुपर्ने र यसका लागि स्वदेशी र विदेशी लगानीकर्तालाई स्वागत गर्ने उहाँको भनाई छ । सरकारले यसअघि २०७३ र २०७५ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार