प्रतितोला ११ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

काठमाडौं। आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार १ सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला १ लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३५ हजार चार सय निर्धारण भएको छ। 

यस्तै बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएको थियो। आज भने एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा एक हजार छ सय ४५ निर्धारण भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार