करिब डेढ किलो सुन र झन्डै १ करोड रुपैयाँसहित सातजना पक्राउ

Nagarik Sewa 1537+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाको आधारमा करिब डेढ किलो सुन र झन्डै १ करोड रुपैयाँसहित सातजनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान  कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो। 

उनीहरूको साथबाट सुन जस्तो देखिने पहिलो धातु ९ थान, (तौल १ हजार ७६८ ग्राम) ,१ करोड ४३ लाख ६० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। सुन बिक्रीवितरण गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका (३  टाँटेका ४७ वर्षीय गणेशदत्त बडू,आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल हुन्। यसैगरी भारत महाराष्ट्रका अमोल विभुते,ऋषिकेश प्रकाश विभुते र गणेश सतिश बाल्टे पक्राउ परेको प्रहरीले जानकारी गराएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार