आईपीएलमा आज दुई खेल हुँदै

Nagarik Sewa 1537+ समाचार ( )
६ जेठ २०८१, आइतबार

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछ। आजको पहिलो खेल दिउँसो ३ः४५ बजेदेखि घरेलु मैदान हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सनराइजर्स हैदराबाद र पञ्जाब किंग्सबिच हुनेछ । 

दुवै टोली यो सिजन दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा हैदराबादले पञ्जाबलाई उसैको घरेलु मैदानमा २ रनले पराजित गरेको थियो । दोस्रो खेल राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबिच साँझ ७ः४५ बजेदेखि बार्सपारा क्रिकेट स्टेडियम गुवाहाटीमा हुनेछ ।

आज दुवै टोलीको सिजनको अन्तिम लिग खेल हुनेछ । हैदराबादले १३ खेलमा ७ जित र ५ हार बेहोरेको छ । टोली अङ्क तालिकाको तेस्रो स्थानमा छ । टोली यसअघि नै प्लेअफमा पुगिसकेको छ। यता पञ्जाब भने प्लेअफमा छनोट हुन सकेन । पञ्जाबले १३ खेलमध्ये ५ जित र ८ हारका साथ १० अङ्कसहित ९ नम्बरमा छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार