आज विश्व खाद्य दिवस

Nagarik Sewa 1537+ समाचार ( )
३० अशोज २०८१, बुधवार

काठमाडौं। आज ४४ औँ विश्व खाद्य दिवस विश्वभर मनाइँदैछ। यो वर्ष ‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ भन्ने नारा तय गरिएको छ । विश्वव्यापी भोकमरी र कुपोषणविरुद्ध सचेतना जगाउने उद्देश्यले यो दिवस मनाइन्छ। 

नेपालमा भने सरकारी तबरबाट असोज २१ गते नै यो दिवस मनाइसकिएको छ । अन्य खाद्य सुरक्षा र अधिकारका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले आज मनाउँदैछन् । 

यो दिन खाद्य सुरक्षा र सबैका लागि पौष्टिक खानामा पहुँच सुनिश्चित गर्नमा जोड दिइन्छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन ९एफएओ० को आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइन्छ ।

विश्वव्यापी खाद्य चुनौतीहरूलाई सम्बोधन गर्न दिगो कृषि र खाद्य उत्पादनमा विश्वव्यापी समुदाय एकजुट हुनुपर्ने र कोही पनि भोकै बस्न नपरोस् भन्नेमा जोड दिएर दिवस मनाउँदै गर्दा चरम द्वन्द्व, जलवायु परिवर्तनको प्रभावले कृषि खाद्य प्रणालीहरूमा आएको प्रकोप तथा संकट, चरम आर्थिक संकट आदिका कारण भोकमरीको चपेटा मानिस रहेका खाद्य तथा कृषि संगठन ९एफएओ०ले जनाएको छ । संगठनका अनुसार विश्वमा २.८ बिलियन भन्दा बढी मानिसहरु स्वस्थ आहारबाट वञ्चित छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार