२ हजार १ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यल २ हजार १ सय रुपैयाँले बढ्दै १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ हजार एक सय रुपैयाँले बढ्दै १ लाख ३० हजार रुपैयाँ कायम भएको हो । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार १ सय रुपैयाँले नै बढ्दै १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा करोबार भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार