२४ सय रूपैयाँले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार तोलामा १ हजार १ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला २ हजार ४ सय रूपैयाँ घटेको हो । 

आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

 यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।बुधबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार