इजरायली सेना लेबनानमा प्रवेश गरेर आक्रमण गर्ने सम्भावना

Nagarik Sewa 1537+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

काठमाडौं । इजरायली सेना लेबनानमा प्रवेश गरेर आक्रमण गर्ने सम्भावना बढेको छ।  बीबीसी लन्डनका अनुसार इजरायली सेना प्रमुखले त्यस्तो संकेत गरेका हुन्।  उनले आफ्ना सैनिकहरूलाई भनेका छन्– हिजबुल्लाहविरुद्धको हवाई आक्रमणले शत्रुको क्षेत्रमा प्रवेश गर्ने बाटो खोल्न सक्छ।

लेफ्टिनेन्ट जनरल हजरी हेलेवीले अगाडि भनेका छन्- दिनभर हमला गरिरह्यौँ। यसको उद्देश्य लेबनानमा प्रवेशको लागि सम्भावित बाटो खोल्नु र हिजबुल्लाहलाई लक्ष्य गर्नु हो। लेबनानका स्वास्थ्यमन्त्रीले सेप्टेम्बर २५ मा भएको हवाई हमलामा ५० जनाको मृत्यु भएको बताएका छन्। इजरायलका अनुसार यी आक्रमणमा हिजबुल्लाहको गुप्तचर निकाय, लन्चर र हतियार भण्डारण स्थललाई निशाना बनाइएको थियो।

यो बढ्दो द्वन्द्व रोक्न कूटनीतिक तहमा पहल भइरहेको छ। फ्रान्स र अमेरिकाले २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन्। अमेरिका, युरोपेली संघ र बेलायतजस्ता सहयोगी राष्ट्रहरूले लेबनान र हिजबुल्लाहबीच अस्थायी युद्धविराम कार्यान्वयन गर्न माग गरेका छन्।

यो संयुक्त विज्ञप्तिअनुसार युद्ध सहन नसकिने र यसले स्थिति बिग्रने छ, जसबाट इजरायल वा लेबनान दुवैलाई कुनै फाइदा हुने छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार