साथीको घर जान निस्कएका कैलालीका युवक मृत फेला

Nagarik Sewa 1537+ समाचार ( )
७ असार २०८१, बिहीबार

काठमाडौं । कैलालीमा एक जना युवक मृत भेटिएका छन्। धनगढीको हसनपुरमा डेरा गरी बस्दै आएका अछामको चौरपाटी गाउँपालिका-२ का १७ वर्षीय विरमल साउँद झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

धनगढी उपहानगरपालिकाको जाली सामुदायिक वनमा बिहीबार बिहान ९ः४५ बजे उनी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी बुधबार साँझ साथीको घरमा जान्छु भनेर काेठाबाट निस्केका थिए। बिहीबार बिहान झुण्डिएको अवस्थामा फेला परेको कैलाली प्रहरीका प्रवक्ता कविन्द्र बोहराले जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको र पोष्टमर्टमपछि कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार