पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक सञ्चालनमा

Nagarik Sewa 1537+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीको दाउन्ने सडक आज बिहानदेखि सञ्चालनमा आएको छ । गएराति १० बजेदेखि मर्मतका लागि सडक बन्द गरिएको थियो । मर्मतपछि आज (बुधबार) बिहान ५ बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनुभयो ।

रातको समयमा रोकिएका सवारी साधनको चापका कारण मर्मत भएको स्थानमा अहिले एकतर्फी रुपमा सवारी साधन सञ्चालन गरिएको र चाप कम भएपछि दुईतर्फी सञ्चालन हुने जनाइएको छ ।

सडक पूर्ण रुपमा मर्मत हुन नसकेकाले दिउँसोको समयमा सवारी साधन सञ्चालन गर्दै सडक छेउबाट मर्मतको काम हुनेछ । पानी परेमा भने कुनैपनि बखत सडक अवरुद्ध हुन सक्ने एसपी फुयालले बताउनुभयो । भासिएको सडक छेउको भित्तालाई फोडेर सडक फराकिलो पार्ने काम गरिएको छ । सडक ४ मिटर भासिएको छ ।

सोमबार दिउँसो दाउन्ने पहाडस्थित खुर्सानी खोलामा सडकको पर्खाल भत्किएर विद्युतको हाइटेन्सन टावर ढलेपछि सडक भासिएको हो । यसैबीच सडक छेउमा ढलेको विद्युत हाइटेन्सन लाइनलाई व्यवस्थित गर्नेबारे विद्युत प्राधिकरणसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार