१५.६२ अंकले घट्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)आज दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.६२ अंकले घटेर एक हजार ९५८ दशमलव ७५ विन्दुमा बन्द भएको हो । 

नेप्सेमा आज २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६२ वटाको बढेको छ भने १७७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।            

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बोटलर्स नेपाल तराइ लिमिटेडको शेयरमूल्य ९.०३ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रो नेपाल लिमिटेडको शेयरमूल्य पनि ८.५२ प्रतिशतले बढेको छ ।  

आज पोखरा फाइनान्स लिमिटेड र दोल्ती पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिटिजन्स लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडको ३१ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।             

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार