व्यवसाय सञ्चालन गरिरहेको विधालयका सटरहरूमा बन्द नगर्न अन्तरिम आदेश

Nagarik Sewa 1537+ समाचार ( )
३१ जेठ २०८१, बिहीबार

काठमाडौं। उच्च अदालत पाटनले व्यवसाय सञ्चालन गरिरहेको सटरहरूमा जबरजस्ती हटाउने वा बन्द गर्ने काम नगर्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश लेखनाथ पौडेलेको एकल इजलासले तुलसीप्रसाद अगस्तीको रिटमा पहिलो सुनुवाइ गर्दै महानगरको नाममा हिजो अन्तरिम आदेश जारी गरेको हो । 

उच्चले दुवै पक्षलाई असार ७ गते छलफलमा बोलाएको छ । यसअघि महानगरपालिकाले निर्देशन अटेरी गरेको भन्दै पहिलो चरणमा ४ वटा विद्यालयका ६१ वटा सटरमा र दोस्रो चरणमा  १३ वटा सामुदायिक विद्यालयले भाडा लगाएका १ सय ७५ वटा सटरमा विभागले ताला लगाएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै