पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीच सहमति: आजैदेखि पेट्रोलियम पदार्थ आपूर्ति सुरु

Nagarik Sewa 1537+ समाचार ( )
४ असार २०८१, सोमबार

काठमाडौं ।  आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ । नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबारदेखि पेट्रोलिय पदार्थको ढुवानी रोकेको थियो । मजदुरहरूले सबै ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोक अनुसार तलबको व्यवस्था गर्न माग गरेका छन् । स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न समेत माग गरिएको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति जुटेको हो । यससँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति हुनेछ । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा आइतबारदेखि नै काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार