सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

Nagarik Sewa 1537+ समाचार ( )
९ जेठ २०८१, बुधवार

काठमाडौं। जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । नागरिकता कीर्ते आरोपमा अनुसन्धानका लागि मंगलबार पक्राउ परेका सिरोहिया अदालतले आज तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई पाँच दिन हिरासतमा राख्न माग गरेको भएपनि जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको दिएको हो ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार