कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १३ वटा खच्चरहरु अड्किए

Nagarik Sewa 1537+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

सुर्खेत। कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १३ वटा खच्चरहरु अड्किएका छन् ।  अछामबाट आइतबार दैलेखको खिड्की जीउला बजार सामान ल्याउन आउँदै गरेका खच्चडहरु लट्ठा चुँडिएपछि जालीमा खुट्टा छिर्दा अड्किएका हुन् । 

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४, खिड्की जीउला जोड्ने उक्त झोलुङ्गे पुल निकै पुरानो हो । इलाका प्रहरी कार्यालय राकमबाट अहिले घटनास्थलमा खटिएका सहायक हल्दार दीपक कठायतका अनुसार पुलका तीन वटा लट्ठा चुटेको छ। 

उद्धारका लागि राकमबाट ७ जना प्रहरी टोली, जिल्लाबाट प्रहरी, सशस्त्रको टोली आइरहेको छ भने अछामबाट पनि आइरहेको छ । कठायतका अनुसार उद्धार गर्न निकै समस्या छ । ‘कि पुरै जाली काट्नुपर्ने हुन्छ, त्यसो गर्दा पनि नदीमा खच्चर खसेर मर्ने सम्भावना हुन्छ,’उनले भने । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार