तोलामा ५ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च मुल्य हो ।  

यसअघि सोमबार सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्यमा तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार