सुन–चाँदीको मूल्यमा गिरावट

Nagarik Sewa 1537+ समाचार ( )
४ असार २०८१, सोमबार

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला एकैदिन एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।  आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १८ सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार