म्याग्दीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

काठमाडौं । म्याग्दीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, नेपानेमा जीप दुर्घटना भएको हो । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो ।

आइतबार राति पोखरेबगरबाट हिँडेको जीप पाउद्वार नपुगेको भन्ने खबर आएपछि खोजतलाश गर्ने क्रममा सोमबार बिहान दुईजनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको हो ।

घटनास्थलमा जीपका मालिक तथा चालक अन्दाजी ३७ वर्षीय गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिनुभयो । जीप सडकदेखि करिब २ सय मिटर तल खोँचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र जीपबाट दुईजनाको शव फेला परेको वडासदस्य पाइजाले बताउनुभयो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार