विस्फोटमा परी २ बालबालिकाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

पाँचथर। फालेलुङ गाउँपालिका–५ मा विस्फोटमा परी गम्भीर घाइते भएका २ जना बालबालिकाको ज्यान गएको छ । जिल्ला प्रहरीका अनुसार बिहीबार दिउँसो तीन बजे स्थानीय आइतराज केरुङको घरमा विस्फोट हुँदा ज्यान गुमाउनेमा प्राङवुङ डाडागाउ‘ टोलका ११ वर्षीय दिप्सन साँवा र दुई वर्षीय प्रिन्सा साँवा रहेका छन्।

विस्फोटमा परी स्थानीय ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन राई घाइते हुनु भएको छ । घाइते भए लगत्तै उपचारार्थ पाँचथर अस्पताल ल्याइएका दिप्सन र प्रिन्सालाई तत्काल झापाका लागि रेफर गरिएकोमा प्रिन्साको राती १० बजे इलाम पुर्याउदा बाटोमै र दिप्सनको राती १ बजे वि एन्ड सी अस्पताल झापामा निधन भएको प्रहरीको भनाइ छ ।


घटना स्थलमा अर्को एउटा शङ्कास्पद वस्तु पनि भेटिएकाले बम हो कि होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार