आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै

Nagarik Sewa 1537+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै छ। अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार आज राति ७ः४५ बजेदेखि सुरु हुने छ। 

जारी आईपीएलमा कोलकाता प्ले अफका लागि छनौट भइसकेको छ। कोलकाता १२ खेलमा १८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ र उसले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

अहिलेसम्म १२ खेलमा ५ खेल मात्र जितेको गुजरात १० अङ्कसहित आठौँ स्थानमा छ। गुजरातका लागि अब बाँकी खेल जितेमा मात्र प्ले अफमा स्थान बनाउने सम्भावना रहने हुनाले यो खेल जित्नै पर्ने दबाब छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार