संयुक्त राष्ट्रसंघका महासचिव र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Nagarik Sewa 1537+ समाचार ( )
६ अशोज २०८१, आइतबार

काठमाडौं। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राख्नुभएको छ। उहाँले शनिबार साँझ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ। स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले आज साइडलाइन भेटवार्ता गर्ने तयारी गर्नुभएको छ। आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

राष्ट्रसंघको महासभा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्यावाहक राजदूत कुमारराज खरेल, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत चक्र सुवेदी लगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार