गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

Nagarik Sewa 1537+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमाडौं। सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । 

उक्त रिटको जेठ १६ गते पेशी तोकिएको छ ।  निवेदकले सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गरेका छन् । 

पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको माग छ । यसअघि उक्त रिट दरपिठ भएको थियो । बदर माग गरेर इजलासमा निवेदन दिएपछि अदालतले दर्ता गर्न आदेश भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार