गढीमाई पंचवर्षीय मेलालाई संचालन तथा व्यवस्थापन गर्न प्रदेशस्तरीय छलफल

Nagarik Sewa 1537+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

बारा । आगामी मंसिरदेखि शुरु हुने बाराको गढीमाई पंचवर्षीय मेलालाई संचालन तथा व्यवस्थापन गर्न प्रदेशस्तरीय छलफल शुरु भएको छ । महागढीमाई नगरपालिकाले आयोजना गरेको वृहत कार्यक्रममा मधेश प्रदेशका मुख्य मन्त्रीसहित सम्बन्धित मन्त्रीहरु, संघीय तथा प्रदेश सांसद, सुरक्षा प्रमुख र जिल्लाका सबै पालिकाको प्रमुख उपप्रमुखहरुले सुझावसहित छलफल थालेको हो ।

सुझाब र छलफलपछि मुख्यमन्त्री सतीश कुमार सिंहले मेलामा आउने भारतीय दर्शनार्र्थीलाई सहज बनाउन बाराको चारवटै भन्सार नाका खोल्न केन्द्र सरकारसँग आफुले पहल थाल्ने बताउनुभयो ।

कार्यक्रममा बाराका सांसद किसान श्रेष्ठले मेलाको गरिमा र आस्थामाथि खेल्नेहरुको चलखेल बन्द गर्न सुरक्षा निकायहरुलाई सचेत गराउनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार