निरन्तर वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा

Nagarik Sewa 1537+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

काठमाडौं। कैलालीमा बुधबारको निरन्तर वर्षाका कारण स्थानीय खोला तथा नदी बस्ती पसेपछि भजनी नगरपालिका लगायतका अधिकांश क्षेत्र डुबानमा परेको छ। आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् ।

वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो। पूर्ण रुपमा डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीयले जानकारी दिए ।

नगरपालिका वडा ८ मा अधिक प्रभावित भएको छ । सोही वडाका स्थानीयलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ । वर्षा नरोकिएकाले उनीहरुको व्यवस्थापनमा समस्या भएको छ ।

घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको र केही छिमेकी अन्नपात छाडेर ज्यान जोगाउनतर्फ लागेकाले धेरै क्षति भएको स्थानियले बताएका छन्। भजनी नगरपालिका ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ ।

त्यस्तै बाढीबाट वडा(५ को लालभोझी क्षेत्रमा पनि सयौँ परिवार विस्थापित भएको र जोशीपुरको वडा ३ मा पनि बाढीबाट जनजीवन प्रभावित भएको  नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रभावितहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगरप्रमुखको उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार