संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सोधपुछका लागि बोलायो

Nagarik Sewa 1537+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेलाई शुक्रबार भदौ ७ मा सोधपुछका लागि बोलाएको छ । 

समिति संयोजक सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई सोधपुछका लागि बोलाइएको हो। लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रा.लि. को प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।

समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार