काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७९’ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट गरेको छ। गुठीले आवेदन प्राप्त ३१३ पुस्तक मध्ये पाँचबाट सर्वोत्कृष्ट पुस्तक सार्वजनिक गरेको हो ।
गुठीले ‘मदन पुरस्कार २०७९’ मा छनोट भएका पाँचवटा पुस्तक मध्ये एक पुस्तकलाई मदन पुरस्कार प्रदान गर्ने छ ।
छनोट भएका पुस्तमहरुमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् ।