प्रधानमन्त्रीद्वारा कांग्रेसलाई नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह

Nagarik Sewa 1537+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग आज बिहान  छलफल गर्नुभएको छ ।  

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सaचेतक लेखकले प्रधानमन्त्रीले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह गर्नु भएको  र सहकारीमा देखिएको समस्या समाधान गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।  लेखकले कांग्रेसले आजै बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने जानकारी दिनुभयो ।

राष्ट्रपति रामचन्द पौडेलले आजै अपराहन्न ३ बजे बस्ने संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार