सेनाले डिस्पोज गर्यो बलम्बुमा फेला परेको शंकास्पद वस्तु

Nagarik Sewa 1537+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालयनजिकै एक घरको आँगनमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । 

प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले झोलामा प्रेसर कुकर जस्तो देखिने वस्तु रहेको पाइएपछि नागरिकहरुलाई सुरक्षित स्थानमा राखिएको जानकारी गराएका थिए । आज बिहान तारसहितको प्रेसर कुकर झोलामा घरअगाडि फेला परेको थियो । त्यसमा विस्फोटक पदार्थ भने नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार