कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

Nagarik Sewa 1537+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ। भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेड वृद्धिका परीक्षामा १ लाख २२ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए ।

त्यसमध्ये ८६ हजार २४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डको सूचनामा उल्लेख भएको छ ।परीक्षा दिएकामध्ये २ जना विद्यार्थीको परीक्षा रद्ध गरिएको र ३ जनाको परीक्षा फल स्थगित गरिएको बोर्डको भनाइ छ ।

परीक्षाको नतिजा प्राप्त गर्न राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट वा नेपाल टेलिकमको १६०० मा एसएमएस गर्न बोर्डले सुझाएको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार