बङ्गलादेशमा बाढीका कारण लाखौँ परिवार प्रभावित

Nagarik Sewa 1537+ समाचार ( )
२२ अशोज २०८१, मङ्गलबार

बङ्गलादेश । भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बङ्गलादेशको उत्तरी मैमनसिंह क्षेत्रमा छ जनाको मृत्य हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् प्रतिक्रिया समन्वय केन्द्र (एनडिआरसिसी) का अनुसार मैमनसिंह, शेरपुर र नेर्तोकोना गरी तीन जिल्लाका तल्लो क्षेत्रमा बाढी आएको हो ।

केन्द्रको  पछिल्लो तथ्याङ्कअनुसार सोमबारसम्म बाढीमा चार पुरुष र दुई महिलासहित छ जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार बाढीले मानव जीवन, भौतिक सम्पत्ति तथा र बालीनालीलाई ठूलो क्षति पुर्याएको छ ।

बाढी प्रभावित जिल्ला शेरपुरमा बाढीको स्थिति केही सुधार भए पनि नेर्तोकोना र मैमनसिंहका केही भागमा बाढीको अवस्था बिग्रँदै गएको जनाइएको छ । बाढीको प्रभाव बढ्दै जाँदा जमिनको ठूलो भूभाग डुबानमा परेको छ ।

बङ्गलादेश र यसको वरपरका सीमावर्ती उत्तरपूर्वी भारतीय क्षेत्रहरूमा भारी वर्षापछि अक्टोबर ४ मा सुरु भएको वर्षापछिको बाढीबाट दुई लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए । मैमनसिंह डिभिजनका वरिष्ठ अधिकारी ओम्मी सलमा तान्जियाले जिल्लामा समग्र बाढीको अवस्थाा सुधार भए पनि हजारौँ परिवार अझै पनि आश्रयमा रहेको र शेरपुर सबैभन्दा बढी प्रभावित क्षेत्रको रूपमा देखापरेको बताए ।

उनका अनुसार सीमावर्ती जिल्लाका केही क्षेत्रहरू अझै पनि सडक सञ्जाल प्रभावित हुँदा टाढा–टाढाका प्रभावित क्षेत्रहरूमा राहत पुर्याउन असहज भइरहेको छ । बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले सोमबार जारी गरेको बाढी बुलेटिनमा स्थानीय जिन्जिराम नदी र सोमेश्वरी नदी खतराको निशानभन्दा माथि बगिरहेको देखाएको छ ।

अधिकारीहरूले उद्धार तथा राहत सामग्री वितरण गर्न र बाढी प्रभावित मानिसहरूले शरण लिएका केन्द्रहरूको निरीक्षण गर्न विपद् प्रतिक्रियाको टोली पठाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै