एकीकृत समाजवादीले केन्द्रीय समिति सदस्य चयनपछि मात्रै पदाधिकारीको टुंगो लगाउने

Nagarik Sewa 1537+ समाचार ( )
२३ असार २०८१, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले २९९ केन्द्रिय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ ।

शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले सो निर्णय गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले बताउनुभयो ।

नेता खतिवडाले बैठकले महाधिवेशनको सामान्यतया समीक्षा गरेको र महाधिवेशन भव्यतापूर्ण सम्पन्न भएको निस्कर्ष निकालेको बताउनुभयो । उहाँले महाधिवेशनबाट पार्टीका नेता, कार्यकर्तामा ठूलो उत्साह पैदा भएको बताउनुभयो ।

नेता खतिवडाले पार्टीलाई अघि बढाउन धेरै ठूलो उर्जा प्राप्त भएको निस्कर्ष रहेको बताउनुभयो । उहाँले बैठकले पदाधिकारी नयाँ चयन भइ नसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय भएको बताउनुभयो ।

बैठकपछि बोल्दै पार्टीका नेता जीवनराम श्रेष्ठले अहिले बन्न लागेको सत्ता गठबन्धन दक्षिणपन्थी अवसरवादी चरित्रको रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालाई नै समर्थन र विश्वासको मत दिने बताउनुभयो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार