प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त

Nagarik Sewa 1537+ समाचार ( )
२० अशोज २०८१, आइतबार

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् । उनलाई  राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो । 

उनको आजै शपथको कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।​ विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि यही असोज १९ गते सकिएपछि आज राष्ट्रपतिले प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गरेका हुन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार