कामपाद्वारा परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन

Nagarik Sewa 1+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि साउन २० गते लिएको परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन गरेकाे छ । 

यसबाट विज्ञान विषयमा १,४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङ्मा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना पाउने महानगरपालिकाले जनाएकाे हाे ।

यसरी प्राप्त हुने भर्ना कोटामध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना लिइने बताइएकाे छ । साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु  शिफारिस गरिएका छन् । 

प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नं., अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं., श्रेणी (र्‍याङ्क), प्राथमिकता आदेश (प्राइरोटी अर्डर) समावेश गरिएको छ । 

यसैगरी  क्याटागोरी अन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको छ । जसमा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका बिद्यार्थी, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थी भनेर उल्लेख गरिएको छ । 

यस कोलममा छात्रा, आदिबासी र जनजाति, मधेसी, खस आर्यलाई, दलित, मुस्लिम, थारु, अपाङ्गता भएको व्यक्ति, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारका व्यक्ति भनिएको छ । यस्तै स्कूल टाइपमा एसईई उत्तीर्ण गरेको विद्यालयको प्रकार (संस्थागत/निजी) सम्बन्धी विवरण राखिएको छ । 

आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यामिक तह सम्म्को शैक्षिक अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने हाम्रो चाहना हो । यसलाई निष्पक्ष र सन्तुलित बनाउन हामीले विकास गरेको प्रणालीमा आधारित नतिजा सार्वजनिक गरेका छौँ । पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ । यसपछि महानगरपालिकाले भदौ ३ गते दोस्रो नतिजा प्रकाशन गर्ने छ । यससँगै शैक्षिक संस्थाहरुलाई छात्रवृत्ति कोटाबाट भर्ना  भएका विद्यार्थीहरुलाई सहजीकरण गरिएकाे हाे । 

विद्यार्थीहरुले भर्ना प्रक्रियाका लागि http://entrance.kathmandu.gov.np/ वेब ठेगानामा गएपछि खुल्ने पेजमा देखिने Check Your Status  मा थिच्नुपर्छ । 

यसले मागेका विवरण दिएपछि भर्ना शिफारिससहितका विवरण प्राप्त हुनेछन् । यस प्रक्रियामा कुनै अन्यौलता भए यमलाल चौलागाईँ 9841389640 , खगराज जोशी ९८४१ ३७६६१८, डा. शर्मिला पोखरेल ९८४१ ३५४१२४, इन्द्रप्रसाद दाहाल ९८५१० ६६६१७ र नेत्रनारायण पौडेल ९८५११९९९४५ मा सम्पर्क गरेर सहयोग लिन काठमाडाैँ महानगरपालिकाले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार