इजरायलद्वारा लेबनानमा स्थलगत आक्रमण सुरु

Nagarik Sewa 1537+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

एजेन्सी । लगातार रुपमा हवाई आक्रमण गर्दै आएको इजरायलले लेबनानको तीनवटा क्षेत्र खाली गर्न आदेश दिएसँगै स्थगल आक्रमण शुरु गरेको छ । इजरायली सेनाले बेरुतको दक्षिणी भागमा तीनवटा हिजबुल्लाहको पकड क्षेत्र पहिचान गरी स्थलगत आक्रमण शुरु गरेको हो । स्थलगत आक्रमण अघि बख्तरबन्द सैनिक ट्याँकहरु तैनाथ गरको इजरायली सेनाले शुरु गरेका स्थलगत आक्रमणका कारण थुपै्र भवनहरु ध्वस्त भएका छन् ।

यसैबीच हिजबुल्लाहका उपनेता नइम कासिमले इजरायलले शुरु गरेको स्थलगत आक्रमणका लागि प्रतिकार गर्न आफुहरु तयार रहेको जनाउँदै यो लडाइँ अव लम्बिने संकेत दिएका छन् ।इजरायलले बेरुतमा गरेको आक्रमणमा इजरायलका नेता हसन नसरल्लाह मारिएपछि हिजबुल्लाहका उच्च अधिकारीले आफनो भनाइ सार्वजनिक गरेका हुन् ।

लेबनानमा इजरायली आक्रमणका कारण विगत दुइ सातामा एक हजार बढीको मृत्यु भइसकेको छ भने लाखौै विस्थापित हुने अनुमान गरिएको छ । इजरायली सेनाले शुरु गरेको स्थलगत आक्रमणकाबीच स्थानीय भने त्रसित बनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार