सत्ता गठबन्धनको कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

Nagarik Sewa 1537+ समाचार ( )
३ चैत्र २०८०, शनिबार

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्षलाई बुझाएको छ ।

शनिबार बिहान कार्यदलले न्यूनतम साझा कार्यक्रम अन्तिम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई  बुझाएको हो  ।

कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य हुनुहुन्छ । नीति तथा कार्यक्रम आजै सार्वजनिक गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार