नेपाली नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

Nagarik Sewa 1537+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट छपाइको जिम्म चिनियाँ कम्पनी एमएस चाइना बैंक नोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनलाई दिएको छ। राष्ट्र बैंकले १० रुपैयाँ दरका ३ अर्ब ४० करोड रुपैयाँबराबरका नोट छपाइको काम उक्त कम्पनीलाई दिएको हो।

यसअघि बैंकले विदेशी नोट छपाइ गर्ने कम्पनीहरूका लागि बोलपत्र आह्वान गरेको थियो। प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीले नोट छपाइको जिम्मेवारी पाएको राष्ट्र बैंकले जनाएको छ।अमेरिकी डलरमा यस ठेक्काको कुल लागत ७१ लाख अमेरिकी डलर रहेको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै