केन्द्र सरकारले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू ठाउँ नै साराैँ : बालेन्द्र शाह

Nagarik Sewa 1+ समाचार ( )
३० चैत्र २०७९, बिहीबार

काठमाडौँ । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू ठाउँ नै सार्न चुनौती दिनुभएको छ । 

आज सामाजिक सञ्जालमार्फत उहाँले सरकारले काठमाडौंको हितमा काम गर्न नसकेको गुनासो गर्दै उहाँले सिंहदरबार अरू पालिकामा सार्न आग्रह गर्नुभएको हो ।

साथै, बालेनले राजधानी सारे पनि काठमाडौंबासीलाई कुनै आपत्ति नहुने बताउनु   भएको छ । उहाँले काठमाडौंबासीलाई सम्पदा, संकृति, कला, सभ्यता चाहिएको तर राजनीति नचाहिने समेत बताउनु भयो । 

महानगरपालिकाले सुकुम्बासीलाई हटाउन खोज्दा सरकारले असहयोग गरेको भन्दै मेयर शाहले यसअघि सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने घोषणा गर्नु भएको थियो  । 

यस्तै, सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सिंहदरबार परिसरको फोहोर उठाउन संघ र स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ  ।

आज  सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले  काठमाडौं महानगरपालिकाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु अराजकता भएको बताउनु भएको हो । 

सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब भएको उहाँले उल्लेख  गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार