पर्वतमा २ जनाको हत्या

Nagarik Sewa 1537+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

काठमाडौं। पर्वतको जलजला गाउँपालिका २ राममन्दिरमा गएराति श्रीमान श्रीमती २ जनाको हत्या भएको छ। घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ।  

सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। 

पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। एक्लो ठाउँमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे। लुटपाट गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान थालेको छ। जनप्रतिनिधि र प्रहरीको साथै मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भएका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार